२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


देउवालाई प्रधानमन्त्रीकै लोभ !


0
Shares

काठमाडौं । मध्यावधि चुनावकै पक्षमा जोड दिइरहनु भएका कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्ला दिन प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउने हो कि भन्ने संशय देखाउन थाल्नुभएको छ ।

बिहीबार पर्वतको शंकरपोखरीमा पुगेर देउवाले, ओलीले निर्वाचन गराउनेमा शंका रहेको भन्दै भाषण गरेपछि ओली–देउवाबीच देखिएको सहकार्यमा केही खटपट भयो कि भन्ने शंका उब्जाएको छ ।

बुधबार नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री पदको पासा फालेर राजनीतिक सहकार्यको प्रस्ताव राखेसँगै देउवाले एकाएक मध्यावधि निर्वाचन हुँदैन भन्न थाल्नुभएको छ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य देउवाको यूटर्नमा प्रधानमन्त्री पद मुख्य फ्याक्टर भएको बताउनुहुन्छ ।

ओलीले गत पुस ५ मा प्रतिनिधि सभा भङ्ग गरेर वैशाखमा निर्वाचन घोषणा गरेसँगै देउवाको उदेश्य नेकपाको असफलता देखाएर चुनावमा जाने र शक्ति सञ्चय गरेर सत्ताको बागडोर कब्जा गर्ने नै थियो ।

हुन त देउवाले अदालतमा विचाराधीन विषयमा क्षेत्राधिकार नाघेर प्रतिक्रिया दिनु र आन्दोलन गर्नुको औचित्य नभएको दोहोर्‍याइ रहनुभएको छ । नेकपाको दुवै खेमाबाट सहकार्यका लागि प्रस्ताव आउँदा उहाँ भने अलमलमा परेकाे जस्ताे देखिनुभएकाे छ । देउवा अझै पनि राजनीतिक फाइदाको लेखाजोखामै हुनुहुन्छ ।

दाहाल–नेपाल समूहसँगको छलफलपश्चात् देउवाको बोली फेरिनुलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ । निर्वाचनको विषयमा फेरिएको बोलीले ७ पटक प्रधानमन्त्री बन्ने उहाँको सपनालाई साकार पार्न सक्छ । क्यामरा– भरत केसी