१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुखमा हिलो दलेर विरोध प्रदर्शन


13
Shares

काठमाडौं । काठमाडौंको सिमसार क्षेत्र कमलपोखरीको प्राकृतिक स्वरुप बिगार्दै क्रंक्रिटको प्रयोग गरेर पुनर्निर्माण गरेको भन्दै अभियन्ता र स्थानीयले विरोध गरिरहेका छन् । शुक्रबार उनीहरूले पोखरीको हिलो मुखमा दलेर विरोध प्रदर्शन गरे ।

कमल फूल्ने सिमसारमा कुनै पनि हालतमा कंक्रिटको कमल र कंक्रिट संरचना बनाउन नहुने भन्दै उनीहरूले तत्काल रोक्न माग गरेका छन् । ‘हाम्रो माटो, हाम्रो पानी, प्राण भन्दा प्यारो छ’ भन्ने नारा लगाउँदै प्लेकार्ड बोकेर विरोध गरेका उनिहरूले अतिक्रमित क्षेत्र फिर्ता लिएर मात्र पोखरीको संरक्षण गर्नु पर्ने बताए । प्रकृति र सम्पदा प्रेमीहरूले माटो, जैविक हिलो र पानी संरक्षण गर्नसमेत माग गरेका छन् ।

सिमसार कमलपोखरी क्षेत्रकै भूमिगत जल प्रणालीको महत्वपूर्ण अङ्ग भएको भन्दै विज्ञहरूले पानी सुके जल प्रणाली र पानीको स्रोतमा समेत नकारात्मक असर पर्ने बताउँदै आएका छन् । तर पनि ठेकेदारले पोखरीको पानी सुकाएर कमल फूल्ने जैविक हिलो डोजर लगाएर निकालिरहेको छ । महानगरपालिकाले भने सरोकारवालाहरूसँग छलफल गरेर नै ठेक्का मार्फत पोखरीकोे पुननिर्माण गर्दै आएको दाबी गर्दै आएको छ ।