१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


असारभित्रै सम्पूर्ण पुनर्निमाण सक्ने प्राधिकरणको प्रतिबद्धता


0
Shares

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी असार भित्रै सम्पूर्ण पुनर्निर्माणको काम सक्ने जनाएको छ । गत पुसमा १ वर्ष म्याद थपिएको प्राधिकरणले आगामी असारमै पुनर्निर्माणको सम्पूर्ण काम सकेर पुस सम्म हस्तान्तरण गर्ने योजना बनाएको छ ।

प्राधिकरणले हालसम्म निजी आवास पुनर्निर्माण ९२ प्रतिशत सकिएको जनाएको छ । प्राधिकरणले पछिल्लो समय निजी आवास, स्वास्थ्य चौकी र विद्यालयको ८२ प्रतिशत पुर्ननिर्माण सम्पन्न गर्नुका साथै सुरक्षा निकायका भवन पनि ६० प्रतिशत बढी पुर्ननिर्माण सम्पन्न भएको जनाएको छ ।

अहिलेसम्म सांस्कृतिक सम्पदा पुर्ननिर्माणले भने गति लिन सकेको छैन । स्थानीय तहको निर्वाचन तथा कर्मचारी समायोजनले पनि पुर्ननिर्माणमा सोचेअनुरुप प्रगति हासिल गर्न नसकिएको प्राधिकरणका प्रवक्ता मनोहर घिमिरे बताउनुभयो ।

२०७२ सालको भुकम्पमा आठ लाखभन्दा बढी निजी घर ध्वस्त भएका थिए भने ९ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किएका थिए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥याएको थियो । अन्य १८ जिल्लामा आंशिक क्षति पुगेको थियो ।

समयमै पुर्ननिर्माण सक्ने सरकारी लक्ष्यलाई कोभिडले केही पर धकेले पनि अहिले भने प्राधिकरणले उल्लेख्य प्रगति हासिल गरिरहेको प्राधिकरणको दाबी छ ।