१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधामन्त्रीकप एक दिवसीय क्रिकेट– आर्मीको शानदार सुरुवात


0
Shares

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९८ रनको फराकिलो अन्तरले हराउँदै आर्मीले शानदार सुरुवात गरेको हो ।

२ सय ८८ रनको चुनौती पछ्याएको गण्डकी ४८ ओभर खेल्दै १ सय ८९ रनमै अलआउट भयो । गण्डकीका लागि समीर कर्णेलले ५० तथा कप्तान विपिन खत्रीले २५ बलमा अविजित रहँदै ३७ रन बनाए । राजेश पुलामीले २५ रन खर्चेर ५ तथा भीम सार्कीले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनायो । कप्तान विनोद भण्डारीले कप्तानी इनिङ्स खेल्ने क्रममा ७६ बलमा अविजित रहँदै १ सय ११ रन बनाए । राजु रिजालले ४५ तथा अलराउण्डर राजेशले ३८ रन जोडे । विपिन खत्री र विशाल पौडेलले समान दुई–दुई विकेट लिए ।

शानदार सुरुवात गरेको साबिक उपविजेता आर्मी यो सिजन उपाधि जित्ने लक्ष्यमा रहेको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा सुरु भएको प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ । सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरी खेलाइएको छ । समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।