१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले वास्ता नगरेपछि बारामा बाड्न थालियाे न्यानो कपडा


0
Shares

बारा । बारामा चिसोको मारमा परेका विपन्न समुदायका मानिसलाई नागरिक स्तरमै न्यानो कपडा वितरण गर्न थालिएको छ ।

स्थानीय सरकारले एकसाता यता चलेको शीतलहरमा जोगिन विपन्न समुदायलाई कुनै सहयोग नगरेपछि नागरिक स्तरबाट पहल थालिएको हो ।

चिसो बढेसँगै आर्थिक अवस्था कमजोर र व्यवस्थित घरबार नहुनेहरूलाई स्थानीय प्रभु शम्सेर र राजी राणाले न्यानो कपडा वितरण गरेका हुन् ।

जाडो र शीतलहरका कारण तराईमा वृद्धवृद्धा, अशक्तको ज्यानै जाने गरेको समाचार आउन थाले पछि राणा दम्पतीले न्यानो कपडा वितरण गर्न थालेका हुन् ।