
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई आफूले नभेटेको बताउनु भएको छ ।
शनिबार प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यसपटक मात्र होइन, शायद कहिल्यै न्यायाधीशहरूलाई नभेटेको स्पस्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले सपना प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको तर अरुलाई नदेखेको र शायद नचिनेको पनि बताउनुभयो ।
शुक्रबार प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला सर्वोच्च अदालतका चार न्यायाधीशले प्रधानमन्त्री ओलीलाई भेटेको भन्दै संवैधानिक इजलासमै प्रश्न उठेको थियो ।
विघटनको मुद्धामा सुनुवाई गरिरहेको संवैधानिक इजलासमा अधिवक्ता शशी श्रेष्ठले यसबारे प्रश्न उठाउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्