
काठमाडौं । नेपालमा ३ हजार ८ सय ४४ जनाको परीक्षणमा थप २ सय ४० जना कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितसँगै देशभर संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको जानकारी दिएको छ ।
सक्रिय संक्रमितको संख्या ४ हजार ५८ पुग्दा थप ४ सय ७७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेकोे छ ।
यस्तै थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ५४ पुगेको छ । हालसम्म २० लाख ८ हजार ९ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्