१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकार गम्भीर नबन्दा उखु किसानलाई मर्का


0
Shares

सर्लाही। बजार मूल्यको आधारमा उखुको मूल्य तय हुनुपर्ने किसानको माग भए पनि किसानले माग अनुसार मुल्य पाउन सकेका छैनन् । यस वर्ष किसानले उखुको प्रति क्वीन्टल ६ सय १७ रुपैयाँ मूल्य कायम गर्न माग गरेका छन् ।

केही वर्षयता सरकारले प्रति क्वीन्टल उखुको मूल्य ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेपनि उद्योगीले ४ सय ७१ रुपैयाँ २८ पैसा रकम अनुदान स्वरुप किसानलाई उपलब्ध गराउँदै आइरहेका छन् । यस वर्ष किसानहरुले अघिल्ला वर्षहरुमा भन्दा ८० रुपैयाँ बढी मूल्य कायम गर्न माग गरे पनि उनीहरुको माग सम्बोधन हुन सकेको छैन् । उत्पादन लागत बढेकाले उखुको मूल्य पनि बढ्नु पर्ने उखु उत्पादक संघ सर्लाहीका अध्यक्ष राजकुमार उपे्रतीको माग छ ।

तर, किसानले सरकारले तोकेजति रकम भने पाउन सकेका छैनन् । सरकारमा भएको हेरफेरले गर्दा किसानको आन्दोलन तथा उखुको मुल्य निर्धारणमा सरकार गम्भीर देखिँदैन । यस्तो अवस्था आउनुमा सरकार किसानप्रति गम्भीर नभएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीको तर्क छ ।

सर्लाहीको ईन्दुशंकर चिनी मिलले भने गतवर्षको उखुको मूल्यलाई आधार मानेर किसानलाई यस वर्षको भुक्तानी सुरु गरेको छ । मिलले गत पुष १५ गतेसम्म उखु खरिद वापतको करिब १२ करोड भुक्तानी भइसकेको जनाएको छ । उखु उद्योगले गत वर्षको मूल्यलाई आधार मानेर भुक्तानी गरिरहेको उद्योगका वरिष्ठ प्रशासकिय अधिकृत ठाकुर नेपालले बताउनुभयो ।

सहमति भएको लामो समय बितिसक्दा पनि चिनी उद्योगले उखु किसानको रकम दिएका छैनन् । जसका कारण किसान मर्कामा परेका छन् । पटक–पटक आन्दोलन गर्दा पनि उखु किसानको समस्या समाधानमा सरकार पनि गम्भिर नभएको किसानको गुनासो छ ।