
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधामन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन देशद्रोही कदम भएको बताउनुभएको छ ।
कांग्रेसले गरेको देशव्यापी विरोधसभाका क्रममा शनिबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा उहाँले संसद विघट लोकतन्त्र विरोधी मात्रै नभई यो देशद्रोही कदम भएको बताउनुभयो ।
ओलीले देशलाई विदेशीको क्रिडास्थल बनाउन र अस्थिरता निम्त्याउन प्रतिनिधिसभा विघटन गरेको उहाँको आरोप छ । भइरहेको प्रतिनिधिसभा विघटन गरेर ओलीले निर्वाचन गराउलान् भन्ने आशा कसैले गर्न नहुने नेता पौडेलको भनाइ छ ।
आफूले संविधान विपरितको काम गरे पनि अदालतले त्यसलाई मान्यता दिन्छ भन्ने पूर्ण विश्वासका साथ ओलीले यो कदम चालेको पौडेलेको आरोप छ । संविधान बचाएर मात्र कांग्रेस चुनावमा जाने उहाँको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्