
नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले संविधान भत्काएर निर्वाचनमा जान नसकिने बताउनुभएको छ ।
नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका कमिटिले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य रिजालले सग्लो संविधान शिरमा राखेर मात्र जनतामा जानुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री केपी ओलीले निर्वाचन गर्नलाई नभइ सत्तामा बसिरहन बद्नियतपूर्ण तरिकाले संसद् विघटन गरेको केन्द्रिय सदस्य रिजालको आरोप छ । उहाँले संविधान भत्काउने प्रधानमन्त्री केपी ओलीको विदाई अवश्यम्भावी रहेको जिकिर गर्नुभयो ।
पूर्वमन्त्री समेत रहनुभएका रिजालले राष्ट्रपति विद्यादेवी भण्डारी मर्यादामा बस्न नसक्दा केपी ओली प्रवृत्ति बढेको भन्दै राष्ट्रपतिलाई ओली गुटको सदस्य बनेर नभई आफ्नो मर्यादामा बस्न चेतावनी दिनुभयो । संविधान जोगाउने जिम्मा अब कांग्रेसको काँधमा आएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्