
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको छ । बाक्लो हुस्सु लागेर मौसममा बदली भएका कारण काठमाडौंको उपत्यकाको न्यूनतम तापक्रम बढेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उपत्यकाको न्युनतम तापक्रम विहान ८ दशमलव ८ डिग्री सेल्सियस मापन भएकोमा दिउँसो बढेर २० डिग्री सेल्सियसम्म महाशाखाका मौसमविद निराजन सापकोटाले जानकारी दिनुभयो । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस हुँदा अधिकतम तापक्रम १९ डिग्री सेल्सियस मापन गरिएको थियो ।
अहिले प्रदेश नम्बर एक, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसमविद सापकोटाले बताउनुभयो ।
दिउँसो प्रदेश नम्बर एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि स्थानको मौसम सफा रहने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्