१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आठ महिनामा पनि हटेन कोटा प्रणाली


0
Shares

रसुवा । रसुवागढीबाट नेपाल आयात हुने सामग्रीमा कोटा प्रणाली सुरु भएको आठ महिना हुँदा पनि सामान्य हुन सकेको छैन । कोरोना संक्रमणको जोखिम देखाउँदै चीनले एक तर्फी नाका सञ्चालनमा ल्याई कोटा प्रणाली सुरु गरेपछि नेपाली व्यवसायीहरु मर्कामा परेका छन् ।

रसुवागढी नाका हुँदै हाल दैनिक पाँच वटा कन्टेनर मात्र भित्रिने गरेका छन् । दुई देशका सीमा स्तरीय सरकारी अधिकारी बीच दैनिक आठ ओटा कन्टेनर भित्राउने सहमति भए पनि चिनियाँ पक्षले सहमति कार्यान्वयन नगरेको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख राम प्रसाद रेग्मीले बताउनुभयो ।

चीनले कोटा प्रणाली तत्काल हटाइ व्यापारीलाई केरुङ आवत जावत गर्न समेत ब्यवस्था मिलाई दिन व्यापारीहरुको माग छ । कोटा प्रणाली नहटाउँदा अरबौं मूल्य बराबरको सामान चीनको केरुङ तथा ल्हासाको गोदाममा रोकिएको छ । रसुवागढीबाट पछिल्लो समय आयात न्यून छ भने निर्यात ठप्प रहेको छ ।