१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज पनि घट्यो सुनचाँदीको मूल्य


0
Shares

काठमाडौं । पछिल्ला केही दिन देखि लगातार ओरालो लागिरहेको सुनचाँदीको मूल्य, कारोबार हुने साताको पहिलो दिन पनि ओरालो लागेको छ । आइतबार सुन तोलामा ७ सय रुपैयाँले घट्दा चाँदी ३० रुपैयाँले घटेको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम हुँदा तेजाबी सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेकाे छ । यस्तै चाँदीको मूल्य ३० रुपैयाँ घट्दा १ हजार २ सय ४० रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुन ९२ हजार ५ सय, तेजाबी सुन ९२ हजार र चाँदी १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो एक साता सुनमा २८ सय रुपैयाँले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।