१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पिएकप क्रिकेटः पुलिसले १ सय ११ रन बनाउँदा आर्मी १ सय ९६ रनमा अलआउट


0
Shares

काठमाडौं । नन्दन यादव र तिलक भण्डारीले समान चार विकेट लिएपछि बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष क्रिकेटमा साविक विजेता नेपाल पुलिस क्लबलाई १ सय ११ रनमा अलआउट गरेको छ । पुलिसले २९ ओभर ३ बल खेल्दै बागमतीलाई १ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विभागीय टोली पुलिसले २९ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय ११ रन मात्रै बनाउन सक्यो । पुलिसका लागि ओपनरद्वय सुनील धमला र कुशल भूर्तेलले समान १७ रन बनाए ।

दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान २१ रनको योगदान गरे । बागमतीका लागि नन्दन यादव र तिलक भण्डारीले समान चार विकेट लिए । तिलक भण्डारील तीन विकेट लिँदा रामनरेश गिरीले २ विकेट लिए ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई जितका लागि १ सय ९६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ९५ रन बनायो । आर्मीका अनिल मण्डलले ८९ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान विनोद भण्डारीले ४१ रन बनाए ।