
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको बरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमाना स्थित महादेव भीरमा गएराति गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बा ४ ख ७९८० नम्बरको गाडी दुर्घटना हुँदा ३३ वर्षिय चालक कमल मगर, हेटौडाका २३ वर्षका रामकुमार मगर र सप्तरीका १९ बर्षिय कृष्ण चौधरीको ज्यान गएको हो ।
चालक मगरको ठेगाना खुलेको छैन । दुर्घटनामा हेटौडाकै २३ वर्षिय रमेश मगर गम्भिर घाइते भएका छन् । उनको सोलुखुम्बु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गाडी सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । २३ दशमलव ५ मेगावाटको अपर सोलु जलविद्युत् आयोजनाका निर्माण सामग्री आयोजनामा लैजाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्