
अर्घाखाँची । चिसो बढेसँगै अर्घाखाँचीका केही सामुदायिक विद्यालयहरूले चौरमा पढाउन थालेका छन् ।
कक्षा कोठामा बस्दा चिसोले विद्यार्थीका हातखुट्टा कठ्याङ्ग्रिने भएकाले विधार्थीहरु घाममा चौरमा पठन पाठन सुरु गरीएको हो ।
रमणीय वातावरण सँगै चिसो पनि कम भएकोले चौरमा पठन पाठन गर्दा आफूहरु खुसी भएको विद्यार्थीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्