१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मोटरसाइकलसहित दुई चोर पक्राउ


0
Shares

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट चोरी भएको २२० सीसीको पल्सर मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी टोलीले गौशाला क्षेत्रबाट जिल्ला सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–९का रुद्रबहादुर श्रेष्ठे र सिन्धुपाल्चोक तौथलीका भुवनराज श्रेष्ठलाई पक्राउ गरेको हो ।

वास्तविक नम्वर प्लेट परिवर्तन गरी बा ९९ प ४११४ नम्बरको रातो कालो रंगको पल्सर मोटरसाइकल चलाइरहेको अवस्थामा पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिनुभयो ।

प्रहरीले चालू आर्थिक वर्षमै चोरीका मोटरसाइकलसहित ३२ जनालाई पक्राउ गरी मुद्दा चलाएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । यस्तै चोरी भएका १४७ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।