
झापा । झापाको दमकमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार पूर्व– पश्चिम राजमार्ग अन्तरगत दमक– ४ तारावारी भन्ने स्थानमा एम्लेबुन्स, अटो, मोटरसाइकल र स्कुटर आपसमा ठोकिँदा अटो चालक मोरङ उर्लावारी – ४ निवासी ५० वर्षीय देवेन्द्र वुढाथोकी र सोही अटोमा सवार ४२ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा अटोमा सवार सुनसरीको इनरुवा – ७ निवासी २४ वर्षीय सौजन मगर, दमक – ४ निवासी २० वर्षीय राजन सिलवाल र मोटरसाइकल चालक दमक – २ निवासी २८ वर्षीय रमेश पोखरेल घाइते भएका छन् । घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च १२४६ नम्वरको एम्वुलेन्स र पश्चिमबाट पूर्व आउँदै गरेको प्रदेश १–०१– ००३ ह ६२४ नम्वरको अटो आपसमा ठक्कर खाएको र एम्वुलेन्स भन्दा पछाडि रहेको को ११ प ९५२५ नम्वरको मोटरसाइकल र पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को २५ प १९३३ नम्वरको स्कूटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने अन्य तीन जना घाइते बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस्