
काठमाडौं । कोरोना महामारीबाट प्रभावित उद्योग व्यवसायको पुर्नउत्थानका लागि मौद्रिक नीतिमा घोषणा भएका राहत प्याकेज कार्यान्वयनमा समस्या भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले गभर्नर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएको छ ।
महासंघ अध्यक्ष शेखर गोल्छाको नेतृत्वको टोलीले हिजो गभर्नरसँग भेट गरी बैंक तथा वित्तीय संस्थाले नीति र कार्यविधिमा उल्लेख भए अनुसार सुविधा प्रदान गर्न आनाकानी गर्दा कोभिड प्रभावित उद्योगी थप मारमा परेको बताउनु भयो ।
राष्ट्र बैकको निर्देशन विपरित कतिपय बैक तथा वित्तीय संस्थाले पुस मसान्तको व्याजको विषयलाई लिएर कालोसूचीमा राखेकोे गुनासो व्यवसायीका थियो । कर्जा बुझाउने म्याद थपका लागि उनीहरुले गभर्नर समक्ष आग्रह पनि गरेका छन् ।
गभर्नर अधिकारीले उद्योग व्यवसायलाई पूर्ववत अवस्थामा फर्काउन राष्ट्र बैक केन्द्रित रहेको भन्दै उपलब्ध पुर्नकर्जा लगायतका सुविधाका सम्बन्धमा महासंघसँग सहकार्य गरी सातै प्रदेशमा जनचेतना मूलक कार्यक्रम लैजाने जानकारी दिनु भयो ।
कोभिडका कारण थलिएको अर्थतन्त्र विस्तारै चलायमान बन्दै गएपनि अझै ४६ प्रतिशत उद्योग बन्द अवस्थामा रहेका छन् । मौद्रिक नीतिमार्फत स्थापना गरिएको ५० अर्ब बरावरको पुर्नकर्जा कोष बढाएर २ अर्ब पु¥याई कार्यविधि आइसकेपनि विभिन्न झमेलाका कारण पीडित व्यवासायीले सहज रुपमा प्राप्त गर्न सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्