
काठमाडौं । लगातार उतारचढाव आइरहेको सुनचाँदीको मूल्य मंगलबार बढेको छ । कारोबार हुने साताको तेस्रो दिन सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्दा चाँदी १५ रुपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुन तोलाको ९२ हजार रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी तोलाको १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको ९१ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै चाँदी १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्