१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारतमा कोरोना खोप लगाएका २ जनाको मृत्यु, ७ जना अस्पताल भर्ना


0
Shares

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको भारतमा खोप लगाएका २ जनाको मृत्यु भएको छ ।

७ जनालाई अस्पतालमा भर्ना गरिएको भारतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । दिल्लीमा मात्रै ३ जना अस्पताल भर्ना गरिएकोमध्ये २ जना डिस्चार्ज भइसकेका छन् ।

मृतकमध्ये एकजना ५२ वर्षीय युवक छन् । उनलाई १६ तारिखमा खोप लगाइएकोमा १७ तारिखमा मृत्यु भएको थियो । यस्तै अर्का ४३ वर्षीय व्यक्तिलाई पनि १६ तारिखमा खोप लगाइएकोमा १८ तारिखमा मृत्यु भएको हो । मन्त्रालयले यी दुवै मृत्युको कारण खोप नभएको जानकारी दिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयअनुसार उनीहरुको मृत्यु खोपका कारण नभएको दाबी गरेको छ । मन्त्रालयका अनुसार सोमबारसम्म खोप लगाएका ३ लाख ८१ हजारमध्ये ५ सय ८० जनामा प्रतिकुल असर देखिएको छ ।

भारतमा अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभ्याक्सिन र भारतमा नै तयार पारिएको कोभिसिल्ड गरी दुई किसिमका खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।