
काभ्रे । सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत कार्यान्वयनको माग गर्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काभ्रेले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
सरकारले लकडाउन पूर्णरूपमा अन्त्य गरी सार्वजनिक यातायात क्षेत्रलाई सञ्चालनको अनुमति दिँदासमेत विद्यार्थीलाई सहुलियत नदिएको भन्दै जिल्ला संयोजक उपेन्द्र शर्मा लगायत विद्यार्थी नेताहरूले प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको ध्यानाकर्षण गराएका हुन् ।
सार्वजनिक यातायातको हर्कतले विद्यार्थी आन्दोलन र बलिदानीबाट स्थापित विद्यार्थी अधिकार कुण्ठित हुनुका साथै कानुनको उपहास भएको ज्ञापनपत्रमा उल्लेख छ ।
अनेरास्ववियुले विद्यार्थी संगठन र यातायात व्यवसायीबीच तत्काल वार्ताको वातावरण बनाउन, सरकारले दिएको विद्यार्थी सहुलियत कार्यान्वयन गराउन माग गरेको छ । साथै उसले नियमित अनुगमन गर्न पनि प्रशासनलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्