
चितवन। चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका स्यार्सेमा बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा खोटाङका ४५ बर्षिय बस चालक चन्द्रबहादुर श्रेष्ठ रहेका छन् । उनको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायव उपरीक्षक सुर्य थापाले जानकारी दिनुभयो ।
बसका सह–चालक बिनोद शर्मा संग्रौला र ट्रकको सह–चालक सुनिल कुमार साहको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । बसमा सवार अन्यको अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्