
काठमाडौं । पद छाड्नु एक दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरूकाे आन्दोलनको अभियान सुरु भएको बताउनुभएको छ । राष्ट्रपतिकाे रूपमा अन्तिम सम्बाेधन गर्दै ट्रम्पले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले रिपब्लिकन पार्टी छाडेर आफ्नो छुट्टै पार्टी बनाउने बारेमा पनि पनि जानकारी दिएका छन् । पार्टीको नाम ‘देशभक्ती पार्टी’ हुने बताइएको छ ।
निर्वाचनमा पराजय भोगेपछि त्यसलाई अस्वीकार गरेको र संसद भवनमा आक्रमण गर्न समर्थकलाई उक्साएपछि उनलाई आफ्नै रिपब्लिकन पार्टीबाट विरोध भइरहेको थियो । ट्रम्पले पद छोडेपछि रिपब्लिकन पार्टीका वरिष्ठ नेता मिच म्याकनेलले पनि ट्रम्पको आलोचना गरेका थिए ।
ट्रम्पले आफ्ना सहयोगीहरुसँग नयाँ पार्टी बनाउने चर्चा गरेका छन् । तर उनी यो विषयलाई लिएर कति गम्भीर छन् भन्ने विषयमा भने खुलेको छैन । ट्रम्पले भने, ‘सत्ता हस्तान्तरण गर्न म सहमत छु । हामीले जुन आन्दोलन सुरु गरेका थियौं, यो त एक सुरुवात मात्र हो ।’
ट्रम्पको आक्रमक अभिव्यक्तिका कारण पार्टी पनि दुई कित्तामा विभाजित भएको छ । पार्टीका कैयौं नेताले ट्रम्पको खुलेर विरोध गरेका छन् भने कति समर्थनमा पनि जुटेका छन् ।
प्रतिक्रिया दिनुहोस्