१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘टाउको काट्ने समय आयो’ भनेपछि कंगनाको ट्वीटरमाथि अस्थायी प्रतिबन्ध


0
Shares

एजेन्सी । भारतीय अभिनेत्री कंगना रौनतको ट्वीटर ह्याण्डलमाथि अस्थायी प्रतिबन्ध लगाइएको छ । उनले आफ्नो ट्वीटर अकाउन्टमाथि ट्वीटरले अस्थायी प्रतिबन्ध लगाएको पुष्टि गरेकी छन् । ट्वीटर को प्रतिबन्ध खुलेपछि उनले ट्वीटरका सिईओ ज्याकलाई मेन्सन गर्दै कडा जवाफ दिएकी छन् ।

उनले लेखेकी छन्, ‘लिबरलहरुले अब उनको काका ज्याकसँग रोएर मेरो ट्वीटर एकाउन्टलाई अस्थायी रुपले प्रतिबन्ध लगाए । उनीहरु मलाई धक्याइरहेका छन् । मेरो अकाउन्ट देशको लागि जहिल्यै पनि शहीद हुनसक्छ । तर मेरो देशभक्तीको भर्जन फिल्ममार्फत फेरि आउनेछ । तलाई जिउन मुस्किल बनाइदिन्छु ।’

कंगनाले पछिल्लो समय आएको वेबसिरिज ताण्डवको विषयमा प्रतिक्रिया दिएकी थिइन् । वेबसिरिजको निर्माताले माफी मागे पनि उनले निर्देशक अली अब्बास जफरमाथि प्रश्न गरेकी थिइन् ।

साथै उनले भनेकी थिइन्, ‘किनकी भगवान श्री कृष्णले पनि शिशुपालको ९९ गल्ती माफ गरिदिएका थिए… पहिले शान्ति फेरि क्रान्ति… यिनीहरुको टाउको काट्ने समय आयो… जय श्री कृष्ण ।’

कंगनाको यो ट्वीटपछि धेरै ट्वीटर प्रयोगकर्ताले उनको ट्वीटर बन्द गर्न रिपोर्ट गरेका थिए । ट्वीटरले उक्त ट्वीट हटाउँदै कंगनाको ट्वीटरमा अस्थायी प्रतिबन्ध लगाएको थियो ।