
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नमुना संसदमा राष्ट्रिय सभाको बैठक गरी विरोध जनाइएको छ । बुधबार काठमाडौंमा नेपाल टिन लिडर्सको आयोजनामा प्रतिनिधिसभा विघटनको विरोधमा नमुना संसद बनाई राष्ट्रिय सभाको नमुना बैठक गरिएको हो ।
नमुना बैठकमा बोल्दै सहभागीहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक र अराजनीतिक कदम भन्दै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्नेमा जोड दिएका थिए । संविधान कुल्चिएका कारण त्यसमा खबरदारी गर्ने कर्तव्यबोधका साथ राष्ट्रिय सभाको नमुना बैठक गरिएको नेपाल टिन लिडर्सको इनिसियटर विशाल केसीले बताउनुभयो ।
सडकमा गरिएको नमुना बैठकमा बोल्ने सहभागीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक तथा अराजनीतिक क्रियाकलाप भन्दै यसलाई खारेज गर्नुपर्ने विचार राखेका थिए । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई खारेज गर्नुपर्ने र प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने सहभागीहरूको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्