१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


रुपन्देहीको नेपाल–भारत सीमा नजिकै युवकको शव भेटियो


0
Shares

बुटवल । रुपन्देहीमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ । मायादेवी गाउँपालिका–७ मा अन्दाजी ३० वर्र्षीय युवकको शव फेला परेको हो ।

हत्या गरिएका युवकको हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । नेपाल भारत सीमा नजिकै मायादेवी गाउँपालिका–७ मा युवकको शव फेला परेको हो ।

शव नजिकै पाइप र रगत भेट्टिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेलले जानकारी दिनुभयो ।