१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विदेशबाट काठ आयात, नेपालका काठ जंगलमै कुहिए


0
Shares

काठमाडौं । सरकारले काठ ओसार–पोसार तथा बिक्री वितरणमा लगाएको प्रतिबन्ध सँगै वनमा काठ कुहीन थालेका छन् । विगत ८ महिनादेखि सरकारले काठ ओसार पोसार, संकलन तथा बिक्री वितरणमा लगाएको प्रतिबन्धसँगै वनमा काठ कुहिएर जाने अवस्थामा पुगेका हुन् ।

बजारमा काठको माग उच्च रहेपनि सरकारले प्रतिबन्द लगाउँदा स्वदेशी बजारमा समेत काठको अभाव भएको छ । बजारमा करिव ४ करोड क्यू फिट काठको माग रहेको काठ व्यवसायीको भनाइ छ ।

बजारको माग पूरा गर्न नसकेर विदेशी काठको आयात बढिरहेको बेलामा सरकारको निर्णयका कारण नेपालको वनमा काठ कुहिएको उनीहरुको गुनासो छ । स्वदेशी काठ बिक्री वितरणमा लगाएको प्रतिबन्धले विदेशी काठ, आल्मोनियम तथा फलामे पाताको आयात बढेको ब्यवसायी बताउँछन ।

नेपाली बजारमा माग अनुसारको आपूर्ति व्यवस्थापन नहुँदा काठ पनि महंगो हुन थालेको छ । पछिल्लो समयमा वैज्ञानिक वन व्यवस्थापनको नाममा अनियमितता भएको भन्दै काठ संकलन, ढुवानी तथा ओसार पोसारमा सरकारले प्रतिबन्ध लगाएको छ ।