१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शिक्षक हत्या आरोपी विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज पक्राउ


0
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इन्चार्ज पक्राउ परेका छन् । ३२ वर्षीय डिबि सिलवाल भन्ने धनबहादुर विक हतियारसहित पक्राउ परेका हुन् ।

उनलाई बुढीगंगा गाउँपालिका ४ बाट प्रहरीले पक्राउ गरेको हो । उनीमाथि गएको मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोप छ ।

प्रहरीका अनुासर हत्या आरोपमा उनी प्रतिवादी हुन् । अहिलेसम्म शिक्षक हत्या आरोपमा अरु कोही पक्राउ नपरेको मोरङ प्रहरीले जनाएको छ ।

आफ्नो पाटीविरुद्ध सुराकी गरेको भन्दै चन्द समूहले शिक्षक श्रेष्ठको विभत्स हत्या गरेको थियो । विकको साथबाट पोस्तोल र तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।