१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाहाल–नेपाल समूहका नेता/कार्यकर्ता पक्राउ


0
Shares

सप्तरी । राजविराजमा दाहाल–नेपाल समूहमा आवद्ध नेकपाका नेता/कार्यकतालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजविराजमा बिहीबार हुन लागेको कार्यक्रममा तनाव बढाउन सक्ने आंशकामा केही नेताहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।

नेकपा ओली समूहले बिहीबार राजविराजमा र्‍यालीसहितका कार्यक्रमको आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा उत्रिएका वडाध्यक्षसहित ६ जना दाहाल–नेपाल समूहमा आवद्ध नेकपाका नेता÷कार्यकतालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

राजविराज नगरपालिका– ६ का वडाध्यक्ष प्रेम यादव, युवा संघ सप्तरीका अध्यक्ष विनोद यादव, राजु जैसवाल, छेदी रजक, मुकेश यादव र बमबम झालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।