१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुलिसको शानदार जित, धमलाको शतक


0
Shares

काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

बागमती प्रदेशसँग पहिलो खेल हारेको पुलिसले तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गरेको छ ।

कीर्तिपुर मैदानमा पहिले ब्याटिङ्ग गरेको पुलिसले म्यान अफ द म्याच सुनिल धमलाको १०४ तथा दीपेन्द्र सिंह ऐरीको ८५ रनको मद्दतले ४ विकेटको क्षतिमा ३ सय १० रन बनायो ।

जवाफमा लुम्बिनीले ७ विकेटको क्षतिमा दुई सय ३६ रनमात्रै बनाउन सक्योे । सौरभ खनालले ७४ तथा देव खनालले ४९ रन बनाएको इनिङ्समा रसिद खान र पवन सर्राफले २–२ विकेट लिए ।

जितसँगै समूह ‘बी’ को पुलिस ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ । दुवै खेल जितेको बागमती प्रदेश ४ अंकसहित शीर्ष स्थानमा छ । २ खेलबाट २ अंकको लुम्बिनी तेस्रो स्थानमा छ ।