
काठमाडौं । नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेल आईपीएल क्रिकेटको फ्रेन्चाइज टीम दिल्ली क्यापिटल्ससँगको तीन वर्षको अवधि सम्झनायोग्य रहेको बताएका छन् ।
बुधबार दिल्ली क्यापिटल्सले सन्दीपलाई रिलिज गरेसँगै उनको यस्तो भनाइ आएको हो । बुधबार टीमले सार्वजनिक गरेको अक्सन अघि नै छान्ने खेलाडीको सूचीमा सन्दीप नपरेसँगै दिल्लीले सन्दीपलाई रिलिज गरेको खुलासा भएको हो ।
बिहीबार सामाजिक सञ्जालमार्फत सन्दीपले आइपीएल क्रिकेटमा पहिलोपटक रोजेर खेल्ने अवसर दिएकोमा दिल्ली क्यापिटल्सका मालिक हेमन्त दुवालाई पनि धन्यवाद दिएका छन् ।
साथै उनले आफूलाई विश्वास गर्ने सम्पूर्ण दिल्ली क्यापिटल्स परिवारप्रति आभार व्यक्त गरेका छन् । अन्तिममा उनले अबको समय नयाँ गन्तव्यको भएको पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्