१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सबै दलका आ-आफ्नै स्वार्थ, साझा एजेण्डा नबन्दासम्म भएन सडक सहकार्य


0
Shares

रोमन आचार्य (इमेज)
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हठात् प्रतिनिधिसभा विघटन गर्दासमेत जमेर प्रतिवाद नगरेको आरोप खेपिरहनु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि करकापमा परेर सडकमा ओर्लनुपरेको छ ।

नेकपाको पुष्पकमल दाहाल-माधव नेपाल समूह पनि आन्दोलित छ । तर, यो समूहले सडकमा सहकार्यका लागि गरेको आग्रहमा देउवा सकारात्मक नहुँदा संयुक्त आन्दोलन हुन सकेको छैन ।

कांग्रेसले तीन चरणको आन्दोलन सम्पन्न गरिसकेको छ । नेकपाको दाहाल-नेपाल समूह सडक तताउन लागिरहेकै छ । जनता समाजवादी पार्टी पनि आन्दोलनमै छ । तर, तीन वटा दलले संयुक्त आन्दोलन गर्न सकेको छैनन् । के कारण संयुक्त आन्दोलन हुन नसकेको होला भन्ने जिज्ञासा बढ्दो छ ।

कांग्रेस मूलतः वैशाखको निर्वाचन हुने र नेकपा फुटेको लाभ लिने रणनीतिमा लागेको देखिन्छ । तर, यो विश्वासले उसैले धोखा खाने सम्भावना नकार्न सकिन्न । किनकी वैशाखमै निर्वाचन हुने जग बनिसकेको छैन । त्यही कारण एक्लै आन्दोलन गर्ने भन्दै आन्दोलनको उभार ल्याउन कांग्रेस इच्छुक देखिएको छैन ।

उसो त जनता समाजवादी पार्टी पनि संयुक्त आन्दोलनमा जोडिन तयार देखिँदैन ।

यी र यस्तै कारणले संयुक्त आन्दोलन हुन सकेको छैन । संयुक्त आन्दोलनका लागि दलहरुबीच साझा एजेण्डा नबन्दासम्म सडक आन्दोलन जम्ने देखिँदैन ।

भिडियो हेर्नुहोस्

भिडियो : योगेश लामा