७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


संसद विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाई हुँदै


0
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । यो मुद्दामा गत आईतवारदेखि निरन्तर सुनुवाई भईरहेको छ ।

हिजो बहसकर्ताहरुले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशन नै नभएको भन्दै प्रश्न उठाएका छन् ।

राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको सूचना राजपत्रमा प्रकाशन नै नभएको वकिलहरुको तर्क छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको सुचना राजपत्रमा प्रकाशन नगरि राष्ट्रपति कार्यालयको वेभ साईटमा मात्र राखेकोले विघटन अनाधिकृत भएको बहसकर्ताहरुको तर्क छ ।

उनीहरुले पटक पटक एउटै प्रश्न उठाएपछि इजलासले सरकारी पक्षलाई विघटनको सूचना राजपत्रमा छ की छैन भनेर गरेको प्रश्नमा सरकारी पक्ष नाजवाफ बनेको थियो ।

न्यायाधीश अनिलकुमार सिन्हाले सूचना राजपत्रमा छ भने इजलासमा पेश गर्न माग गर्नुभएको थियो ।