१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


इलाम नगरपालिकामा डस्टबिन वितरण


0
Shares

इलाम, साउन ६ । इलाम नगरपालिकाभित्र रहेका सार्वजनिकस्थल र घरको फोहोर व्यवस्थापन गर्न सहुलियत मूल्यमा डस्टबिन वितरण गरिएको छ ।

इलाम नगरपालिका कार्यालय र हरित शान्ति अभियान इलामको साझेदारीमा डस्टबिन वितरण गरिएको हो ।

केही वर्षअघि नै इलामलाई हरितनगर घोषणा गरिएपनि फोहोर व्यवस्थापन नहुँदा नगरपालिकाभित्र चुनौती बढ्दै गएको थियो ।

सेवाग्राहीले डस्टबिन लिँदा दुईओटा लिनुपर्नेछ । एउटामा कुहिने र अर्काेमा नकुहिने फोहोर हाल्न डस्टबिन वितरण गरिएको हो ।

बजारमा प्रतिगोटा ७०० रुपैयाँ पर्ने डस्टबिन यस अभियानमार्फत् भने लागतको ३० प्रतिशत तिर्दैमा पाउने व्यवस्था मिलाइएको छ ।