१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शुक्रबार २ सय रुपैयाँ घट्दा सातामा ११ सयले बढ्यो सुन


0
Shares

काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन सुनचाँदीको मूल्य सामान्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ घट्दा चाँदी १५ रुपैयाँले घटेको हो ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा तोकिदाँ तेजाबी सुन तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य शुक्रबार तोलाको १ हजार २ सय ६० रुपैयाँ कायमा भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार १ सय, तेजाबी सुन ९२ हजार ६ सय र चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो १ हप्ताको आँकडा हेर्ने हो भने सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ ।