
काठमाडौं, भदौ १० । सामसुङ मोबाइलको ‘नोट १०’ र ‘नोट १० प्लस’ नेपाली बजारमा भित्रिएका छन् ।
कम्पनीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ ‘सिरिज’को नोट १० र नोट १० प्लस नेपाली बजारमा भित्र्याएको हो ।
नोट १० को प्रतिसेट स्थानीय बजार मूल्य एक लाख १६ हजार र नोट १० प्लसको बजार मूल्य एक लाख ३५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
नोट १० प्लसमा तीनओटा क्यामेरासहित थ्रीडी क्यामेरा, उच्च क्षमतालगायतका विशेषता रहेको सामसुङका लागि नेपालको व्यापार विभाग प्रमुख प्रणयरत्न स्थापितले बताए ।
स्लीम, स्मार्ट, आकर्षक डिजाइनका कारण यी सेटहरु युवापुस्तामा छिट्टै लोकप्रिय हुने कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्