१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बागमतीको लगातार तेस्रो जित, पृथुको अर्धशतक


0
Shares

काठमाडौं । प्रदेश २ लाई ६ विकेटले पराजित गर्दै बागमती प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ ।

प्रदेश २ ले दिएको १ सय ८० रनको लक्ष्य ४ विकेट गुमाएर १० बल बाँकी छँदै पूरा गरेर बागमतीले लगातार तेस्रो जित निकालेको हो ।

बागमतीको जितमा पृथु बास्कोटाले अर्धशतकीय पारी खेले । उनले ७५ बलमा अविजित रहदै ५३ रन बनाए । पृथुको यो लगातार दोस्रो अर्धशतक हो ।

यस्तै बिभत्सु थापाले ४७ रन जोड्दा आकाश थापाले ३२ रन बनाए । इशान पाण्डे १५ रन बनाउदा आदील खान ५ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा अविजित रहे ।

बलिङतर्फ प्रदेश–२ का हरिशंकर शाहले २ विकेट लिए । विशाल सुसलिङ र कुमार थापाले १–१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४८ ओभर २ बलमा अलआउट हुँदै १ सय ७९ बनाएको थियो । उसका लागि विवेक यादवले ६६ अर्धशतकीय पारी खेले ।

यस्तै कुमार थापाले २२ रन जोड्दा राहुल प्रताप सिंहले १८ रन बनाए । सुधिर चौधरीले १५ र कप्तान सुरज कुर्मीले १३ रनमा आउट भए ।

प्रदेश–२ लाई सस्तैमा समेट्न बागमतीका गौतम केसीले ४ विकेट लिए । उनले मात्र २९ रन खर्चिए । रामनरेश गिरीले २ तथा नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले १–१ विकेट लिए । जितसँगै बागमतीले ३ खेलमा ६ अंक जोड्दै समूह बी मा अंकतालिकाको शीर्ष स्थानमा छ ।