१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बरुण र नताशाकाे विवाहमा फोन प्रतिबन्ध, को–को परे पाहुनाको सूचीमा ?


0
Shares

एजेन्सी । भारतीय अभिनेता बरुण धवन र नताशा दलालको विवाहको तयारी ब्यापक रुपमा भइरहेको छ । २४ जनवरीमा विवाह बन्धनमा बाँधिन लागेका उनीहरूले यो मौकालाई खास बनाउन चाहिरहेका छन् ।

कोरोनाको समय भएकाले विवाहमा पाहुनाको सूची लामो नबनाउने सोचमा उनीहरु छन् । यद्यपि उनीहरुले बलिउडका कलाकारहरुलाई भने निम्ता दिनेछन् । बलिउडका तीन खानहरुमध्येका दुई खान सलमान र शाहरुखलाई बरुणको विवाहमा देख्न सकिने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यस्तै, कट्रिना कैफ, ज्याकलिन फर्नान्डिसको नाम पनि पाहुनाको सूचीमा रहेका समाचारमा उल्लेख छ । कट्रिनासँग उनको एकदमै नजिकको सम्बन्ध रहेको छ भने ज्याकलिन सँग बरुणले दुईवटा फिल्म डिसूम र जुडवामा काम गरेका छन् ।

यसका अलावा निर्माता तथा निर्देशक करण जोहर, अर्जुन कपूर, निर्माता साजिद नाढियाडवाला, श्रद्धा कपूर, आलिया भट्टलाई पनि विवाहको निम्ता गरिएको छ । बरुणले आफूसँग काम गरेका र नजिकका सम्बन्ध भएकालाई विवाहको निम्ता दिएको बताइएको छ ।

बरुण धवनले विवाह एकदमै भब्य बनाउन चाहे पनि बुवा डेभिड धवनले यसमा रोकावट गरेको खबर बाहिरिएको छ । खबरका अनुसार डेभिडले स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्न सबैलाई अपिल गरेका छन् । साथै उनले आफ्ना स्टाफहरुलाई मोबाइल फोन बोक्न समेत नदिने भएका छन् ।

विवाह सीमित आफन्तमाझ गरे पनि रिसेप्सन पार्टी भने भब्य हुने बताइएको छ । उनीहरुले मुम्बईमा गर्न लागेको पार्टीमा पूरै बलिउडलाई बोलाउने योजना रहेको समाचारमा उल्लेख गरिएको छ ।