१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मोन्टपिलरमाथि पिएसजीको शानदार जित


0
Shares

काठमाडौं । फ्रेन्च लिग वान फुटबल अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले मोन्टपिलरलाई पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीले मोन्टपिलरलाई ४–० ले पराजित गरेको हो । पिएसजीको जितमा केलियन एमबाप्पेले ३४ र ६३ औँ मिनेटमा गरि दुई गोल गरे ।

यस्तै नेइमारले ६० औँ तथा आइकार्डीले ६१ औँ मिनेटमा गोल गरेर टिमलाई जित दिलाएका हुन् । १९ औँ मिनेटमा ओििम्लन सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि मोन्टपिलर १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि शीर्ष स्थानको पिएसजीको २१ खेलबाट ४५ अंक भएको छ । दोस्रो स्थानको लिलेको २० खेलबाट ४२ अंक छ । एजेन्सी