
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीनजना नेता–कार्यकर्तालाई प्रहरीले कैलालीको टीकापुरबाट पक्राउ गरेको छ ।
पक्राउ परेका आफ्ना नेताको रिहाइको माग गर्दै विप्लव नेकपाले आह्वान गरेको बन्दको क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण बहादुर खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र जानकी गाउँपालिकाका डम्मर बिष्ट रहेका छन् ।
शान्ति सुरक्षामा खलल गर्न सक्ने भन्ने जानकारी पाएपछी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्