
डडेल्धुरा । अखाद्य वस्तु बिक्रि गर्ने जिल्लाका पाँचजना व्यापारीविरुद्ध मुद्दा चलाइएको छ । सदरमुकाममा अखाद्य वस्तु बिक्रि गरेको पाइएपछि उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्दा चलाइएको हो ।
उपभोक्ताको स्वास्थ्यमा असर पार्ने खालका खाद्यसामग्री बिक्री गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराका प्रमुख गणेशदत्त जोशीले जानकारी दिनुभयो ।
अखाद्य पदार्थ बिक्री वितरण गर्नेलाई पाँच वर्षसम्म कैद वा ५० हजार रूपैयां सम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्