१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जेष्ठ नागरिककाे ज्ञान र अनुभव राज्यले उपयाेग गर्न नसकेकाे गुनासाे


13
Shares

काठमाडौं । जेष्ठ नागरिकहरूले आफ्नो सीप, ज्ञान र अनुभवलाई राज्यले उपयोग गर्न नसकेको गुनासो गरेका छन् ।

काठमाडौंमा शनिबार भएको जेष्ठ नागरिक आवाज सामाजिक– मौलिक इतिहास नामक पुस्तकको विमोचन समारोहमा सहभागी जेष्ठ नागरिकहरूले मुलुकको समग्र विकासमा आफूहरूको सीप र अनुभवको खाँचो रहे पनि राज्यले उपयोग गर्न नसकेको गुनासो गरेका हुन् ।

राज्यको साथ र सहयोग नपाएकै कारण आफूहरूको सीप र अनुभव प्रयोग गर्न नसकेको उनीहरूको भनाइ छ । जेष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठले कोरोना महामारीबाट नेपालमा पनि जेष्ठ नागरिकहरू सबैभन्दा बढी प्रभावित भएको भन्दै खोपको उपलब्धतामा स्वास्थ्यकर्मीपछि जेष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्ने माग गर्नुभयो ।

समारोहमा संस्कृतिविद् डा. रमेश ढुंगेलले नेपालको संस्कृति, सामाजिक, आर्थिक लगायतको परिवेश बुझ्न ज्येष्ठ नागरिक आवाज पुस्तक दस्तावेजको रूपमा रहेको बताउनुभयो । सङ्खुवासभा जिल्ला पाठकधारा टोल विकास संस्थाले प्रकाशन गरेको ज्येष्ठ नागरिक आवाज पुस्तकमा एक सय जना जेष्ठ नागरिकका १ सय वटा इतिहास र अनुभव समेटिएको छ ।