१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


वकिलहरू विचारबाट नभागुन्– नेता भट्टराई


0
Shares

काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री योगेश भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरू व्यावसायिकता भनेर विचारबाट भाग्न नपाउने बताउनुभएको छ ।

शनिबार माक्र्सवादी ज्ञान केन्द्रले काठमाडौंमा आयोजना गरेको संसद विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्र्तक्रिया कार्यक्रममा पूर्व मन्त्री भट्टराईले फौजदारी विषयको मुद्दामा लड्न वकिलहरू स्वतन्त्र भए पनि संविधानको विषयमा व्यावसायिक धर्म भन्न नमिल्ने बताउनुभयो ।

प्रधानमन्त्री ओली द्रुत गतिमा दक्षिणपन्थी बाटोतर्फ जाँदै गरेको भट्टराईको आरोप थियो । संविधानमा भएका कतिपय विषय प्रधानमन्त्री ओलीलाई मन नपरेको भन्दै उहाले तिनै मुद्दालाई संशोधन गर्नका निम्ति ओलीले दुईतिहाई मत मागेको बताउनुभयो । नेपालको संविधानको निर्माता आफ्नो पार्टी भएकाले संविधानप्रति आफूहरूको लगाव र स्नेह रहेको उहाँको भनाइ थियो ।