
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले बैशाखमा निर्वाचन गराउन वा माधव नेपाल र प्रचण्डलाई तह लगाउन प्रतिनिधिसभा विघटन नगरेको बताउनुभएको छ ।
नेपाली कांग्रेस कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले केपी ओलीको नियत सफा नभएकाले उनले वैशाखमा निर्वाचन नगराउने बताउनुभयो । ‘बैशाखमा निर्वाचन गराउनका लागि केपी ओलीको नियत सफा छैन,’ उहाँले भन्नुभयो ।
डा. कोइरालाले प्रतिनिधिसभा विघटन अराजनीतिक र असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको विकल्प नभएको बताउनुभयो । उहाँले ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको स्पस्ट पार्दै असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने तर्क गनुभयो ।
प्रतिक्रिया दिनुहोस्