१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


व्यवस्था नै सिध्याउन प्रतिनिधिसभा विघटन– सांसद बिडारी


0
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले व्यवस्था सिध्याउने प्रयासस्वरूप प्रतिनिधिसभा विघटन गरिएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य बिडारीले वर्तमान व्यवस्था सिध्याउने प्रयासस्वरूप प्रतिनिधिसभा विघटन गरिएको बताउनुभएको हो । प्रतिनिधिसभा नभएपछि संविधानको ५० प्रतिशत धाराहरू निस्क्रिय हुने भन्दै उहाँले सत्तामा भएको मान्छेलाई मिलाएर व्यवस्था विरोधीहरूले योजनाबद्धरूपमा विघटन गराएको आरोप लगाउनुभयो ।

कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता सुनिल पोखरेलले संसदमा कुनैपनि नीति, कार्यक्रम फेल नभएका प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको तर्क गर्नुभयो । वैशाखमा निर्वाचन नभए प्रधानमन्त्रीको वैधानिकतामाथि नै प्रश्न उठ्ने तथा संविधानले समेत काम नगर्ने उहाँको भनाइ छ । प्रतिनिधिसभा पुर्नस्थापना आवश्यक रहेको उहाँले बताउनुभयो ।

बरिष्ठ अधिवक्ता विष्णु भट्टराईले जनतामा अभिमत लिन निर्वाचनमा जानुलाई निरंकुशता भन्न नमिल्ने धारणा राख्नुभयो । नेपाली जनताको राष्ट्रिय सत्ता र सम्प्रभुतामा विश्वास गर्ने हो भने जनताको अभिमत लिने कुरा निरंकुशता नभएको उहाँको तर्क छ ।