
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार उपलब्ध स्थायी कमिटी सदस्यहरूबीचको अनौपचारिक छलफलपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठक आइतबार साढे १२ बजे बस्ने जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठका अनुसार शनिबारको बैठकमा पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार ९ गते काठमाडौंमा आयोजना गरेको सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्