१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु


0
Shares

एजेन्सी । सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका एक युवकको रेलको ठक्करबाट मृत्यु भएको छ ।

पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार सो दुर्घटना भएको जनाइएको छ । प्रहरीले भने घटनाको बारेमा शनिबार जानकारी दिएको छ ।

रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ बर्षीय हमजा नाभेदको उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको अवस्था रेलको ठक्करबाट मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उद्धारकर्ताहरूले नाभेदलाई उद्धार गरेको अवस्थामा उनको मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।