
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड समुहको स्थायी कमिटी बैठक आज बस्दै छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको अनौपचारिक छलफलपछि आज दिउँसो साढे १२ बजेका लागि बैठक डाकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिजोको बैठकमा पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा आयोजना गरेको सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको छ । आजको बेठकले संसद विघटनबारे अन्य दलहरुसँग संयुक्त आन्दोलन गर्ने विषयमा छलफल गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्