
सिन्धुली । सिन्धुलीको प्रसिद्व धार्मिक तीर्थस्थल कमलामाई पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
कमला नदीको मुहानको रुपमा परिचित उद्गम स्थलको संरक्षणका लािग स्थानीय सरकारले चासो दिन थालेपछि यस क्षेत्रले चर्चा पाउन थालेको हो ।
चोखो मनले कमलामाई स्थानको उद्गमस्थल दर्शन गरे आफ्नो मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।
कमलामाईस्थान उद्गम स्थलमा भारतका विभिन्न स्थानबाट समेत तीर्थ यात्रीहरु आउने गर्दछन् । कमलामाईको उद्गमस्थल ऐतिहासिक सिन्धुलीगढीसंग सम्बन्धित मन्दिर मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्